काठमाडौं- नेपाली कांग्रेसका नेता जीत शेरचन राहत बोकेर बागलुङको ढोरपाटन नगरपालिकाको बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।
बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिकाको वडा न ९ भुजिखोलामा बुधबार राति आएको बाढीले दुनेपधेरा लाकुरी बोट सुकुर्दुङ लगायत स्थानमा घरहरुर बगाएको छ । पहिराेका कारण ७० घरपरिवार विस्थापित भएका छन् ।
पीडितहरुलाई सहयोग गर्ने र आलो घाउमा मल्हमपट्टी लगाउने उदेश्यका साथ नेपाली काङ्ग्रेस बाग्लुङ क्षेत्र न २ का सभापति युवा नेता द्रोण कुमार कुवर महाधिवेशन प्रतिनिधि युवा नेता जीत शेरचन पुर्व महासमिति सदस्य तथा युवा नेता अर्जुन शेरचन र युवा नेता देबेन्द्र घर्ती मगर करिब २ लाख बराबरको राहतका सामाग्री बोकेर बाढी पीडित क्षेत्रमा पुगेका हुन् ।
कांग्रेस नेताहरूले ७१ वटै परिवारलाई प्रतिपरिवार १ हजार थान मास्क, २५ केजी चामल, २ किलाे दाल, १ पाेका तेल, १ पाेका नुन, १ हजार नगद् राहत स्वरूप र अभिभावक गुमाएका २ परिवारका बालकहरूलाई तीन तीन हजार रूपैयाँ नगद सहयाेग गरेकाे नेता देबेन्द्र घर्ति मगरले मिडिया डबलीसँग कुरा गर्दै बताए ।
त्यस्तै त्यहाँ त्रिपालकाे अभाव भएका कारण- ४० वटा त्रिपाल मात्रै तत्काल दिइएकाे छ, बाँकी त्रिपाल पनि छिट्टै उपलब्ध गराउने प्रतिववद्धता उनीहरूकाे छ ।
नेताहरूले यसपछाडि पनि छिट्टै नै काठमाडाैंबाट सहयाेग लगेर फेरि त्यहाँ जाने बताएका छन् । उक्त राहत सामग्री पनि त्यहाँकै स्थानीय पसलबाट किनेर हस्तान्तरण गरिएकाे समेत नेता देबेन्द्रले बताए ।
हालसम्म पहिरोमा परेर बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएका छन् ।
अरिवरल वर्षासँगै बुधबार राति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।
यसअघि दिँउसाे गृहमन्त्रि बादल थापा समेत बाढीपीडितकाे लागि राहत बाेकेर जान खाेजेका थिए । यद्यपी माैसम खराब भएकाे भन्दै गृहमन्त्रिकाे टाेली त्यहाँ नपुगेरै फर्केकाे थियाे ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।