आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राहत लिएर गएका गृहमन्त्री बाग्लुङ नपुगेरै फर्किए

राहत लिएर गएका गृहमन्त्री बाग्लुङ नपुगेरै फर्किए

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 5.3K
    SHARES

  • राहत लिएर गएका गृहमन्त्री बाग्लुङ नपुगेरै फर्किए

    काठमाडौं- काठमाडौंबाट बिहीबार बाग्लुङ उडेको गृहमन्त्री रामबहादुर थापा बादल चढेको हेलिकोप्टर पोखरा फर्किएको छ । मौसम बिग्रेपछि जान नसकेक्दा हेलिकप्टर पोखरा फर्किएको हो ।

    गृहमन्त्री हेलिकोप्टरमा बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितका लागि राहत लिएर गएका थिए । गृहमन्त्रीसहित बागलुङका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल सवार हेलिकप्टर राहत लिएर बागलुङको बाढी प्रभावित क्षेत्रमा गएको थियो ।

    बाग्लुङ्को ढोरपाटनका बाढीपीडितका लागि  दैनिक उपभोग्य सामग्रीसहित तत्कालका लागि आवश्यक पर्ने त्रिपाल, टेन्ट, म्याटलगायतका राहत सामग्री लिएर गएको हेलिकप्टर स्याङ्जा पुगेपछि मौसम खराब भएकाले पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । उनका अनुसार मौसम अनुकूल भएपछि हेलिकप्टर पुनःराहत लिएर ढोरपाटन प्रस्थान गर्नेछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २१ २०७९०८:१०:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend