आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
कोरोना अपडेट

कांग्रेस नेता सिंहलाई कोरोना पुष्टी, अस्पतालमा उपचार हुदै

कांग्रेस नेता सिंहलाई कोरोना पुष्टी, अस्पतालमा उपचार हुदै

  • मिडिया डबली
  • बिहिवार, भाद्र १८ २०७७

  • 6.5K
    SHARES

  • कांग्रेस नेता  सिंहलाई कोरोना पुष्टी, अस्पतालमा उपचार हुदै

    काठमाडौँ – प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस कञ्चनपुरका पूर्व सह–सचिवमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा नेपाली कांग्रेस जिल्ला कार्य समितिका पूर्व सह–सचिव मिन बहादुर सिंहमा कोरोना संक्रमण पुष्टि भएको हो । 

    उनलाई अहिले महाकाली अस्पतालस्थित कोरोना अस्पतालको आइसोलेशन वार्डमा राखिएको बाताइएको छ।

    सरकारले लकडाउन गरेसँगै रातह वितरणमा सक्रिय देखिएका उनी जिल्लास्थित अधिकांश क्वारेन्टीनमा पुगेका थिए । उनले पार्टी र संगठनको सहयोगमा क्षेत्र नम्बर २ का अधिकांश ठाँउमा राहत वितरण गरेको बताए ।

    ‘म त धेरै ठाँउमा पुगेको छु । कहाँ कहाँ गए भनौं ? जिल्लाका धेरै क्वारेन्टीनमा राहत वितरण गरेको छु,’ उनले भने ‘दुई हप्ता अगाडी मात्रै बेदकोट र कृष्णपुरमा गर्भवती र सुत्केरीका लागि राहत वितरण गरेका छौ ।’

    पार्टी र संगठनले सहयोग गरेको रातह वितरण गर्दै हिडेका सिंह गत भदौ ३ गते एकजना वकिल साथीलाई भेट्न धनगढी पुगेका थिए । तर, स्वाब परिक्षणमा साथीलाई कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई समेत संक्रमण लागेको हुनसक्ने आशंका बढेको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend