सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
पुजारी हत्या

पुजारी हत्यापछि लुकेर बसेकाे अड्डामा प्रहरिकाे धावा, दुइ याेजनाकार पक्राउ

पुजारी हत्यापछि लुकेर बसेकाे अड्डामा प्रहरिकाे धावा, दुइ याेजनाकार पक्राउ

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 7.3K
    SHARES

  • पुजारी हत्यापछि लुकेर बसेकाे अड्डामा प्रहरिकाे धावा, दुइ याेजनाकार पक्राउ

     काठमाडौं - रौतहट जिल्लामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको विशेष टोलीले बधुबार बिहान दश बजे दुई जनालाई पक्राउ गरेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

    डीआईजी सिंहले पुजारीको हत्यामा विवाद र रिसिइबी रहेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको बताएका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ का ३६ वर्षीय नरेश भन्ने रामनरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई बिहान १० बजे बौधिमाई नगरपालिका– ७ बंकुल एरियाबाट पक्राउ गरिएको छ ।

    घटनामा अन्य केही व्यक्तिहरू पनि संलग्न रहेको र उनीहरूको खोजी कार्य जारी रहेको डीआईजी सिंहले बताएका छन् । माधवनारायण नगरपालिका– २ खैस्रैया चौकस्थित हनुमान मन्दिरका पुजारी ६५वर्षीय श्रीराम साहलाई उनीहरूले भदौ ३ गते राति साढे ८ बजे कञ्चटमा गोली प्रहार गरेर हत्या गरेका थिए । हत्या भएको दुई हप्ताभित्र प्रहरीले गोली हान्ने प्रमुख योजनाकारहरूलाई पक्राउ गरेको छ ।

    रामनरेश पटेलले कटुवा पेस्तोलले पुजारी साहलाई गोली हानेको प्रहरीले जनाएको छ । बालकुमार पटेलले घटनास्थल नजिकै बसेर मानिसहरूको आवत जावत हेरेका थिए । गोली हानेर उनीहरू फरार भएका थिए ।

    अनुसन्धानका क्रममा रामनरेश पटेलको बुबाले पुजारी साहसँग ब्याजमा रकम लिएको खुल्न आएको डीआईजी सिंहले जानकारी दिए । रकम तिर्ने क्रममा पुजारी साह र रामनरेशका बुबाबीच विवाद भएको थियो ।

    मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको पानीको धारामा आएर पानी प्रयोग गरेको विषयमा पुजारी र नरेश पटेलबीच विवाद भएको अनुसन्धानबाट खुलेको छ ।

    पक्राउ परेका दुबैलाई जिल्ला अदालत रौतहटमा पेस गरेर दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ३० २०७७०८:२१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend