सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पुजारीको हत्याले खुल्याे ओलीको रहस्य, कांग्रेस नेताले गरे खुलासा

पुजारीको हत्याले खुल्याे ओलीको रहस्य, कांग्रेस नेताले गरे खुलासा

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 190.7K
    SHARES

  • पुजारीको हत्याले खुल्याे  ओलीको रहस्य, कांग्रेस नेताले गरे खुलासा

    काठमाडौं- सुखी नेपाल समृद्ध नेपालको नारा बोकेका प्रधानमन्त्री केपीशर्मा ओली अर्थात कम्युनिस्ट नेता पछिल्लोसमय अध्यात्मवादतिर केन्द्रि हुँदै गएका छन् । यद्यपी अध्यात्मवादभित्र पनि सकारात्मक कुराको गफदिएर नकारात्मक कुरालाई अन्देखो गर्ने काम भने छोडेका छैनन् ।

    केहि दिअघि हनुमान मन्दिरका पुजारीको निर्मम हत्या  भएको थियो । चितवनको वाल्मीकिमा राम मन्दिर बनाउन निर्देशन दिँलै अध्यात्मवादको संकेत गरेका ओलीले हनुमान मन्दिरमा पुजारीको हत्या हुँदै भने केहि बोलेका छैनन् ।

    गत बुधबार राति ९ः३० बजेतिर रौतहट माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गोली हानी हत्या भएको थियो । 

    एक साता बितिसक्दा पनि हत्यारा पत्ता लगाउनुत टाढाको कुरो उल्टै हत्यारालाई कारबाही गर्न भन्दै शान्त आवाज उठाइरहेकाहरुलाई मुख नखोल्न गृहमन्त्रालयले ताकेता गरेको छ ।

    गृह मन्त्रालयले बुधबार एक आदेश जारी गरी पुजारीको हत्यामा सलग्नहरुलाई खोजेर कारबाही गर्न आदेश दिनुको साटो पुजारी हत्याको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिएको हो। 

    यही विषयलाई लिएर नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राम मन्दिर बनाउन निर्देशन दिने तर हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले पुजारी साहको हत्यारा पत्ता लगाई कारबाही गर्न माग राखेर हुन थालेको बिरोध प्रदर्शन रोक्न उर्दी जारी गरेछ। सरकारको पक्षमा प्रदर्शन गरेको भए यस्तो उर्दी जारी हुन्थ्यो होला ।’

    कम्युनिस्ट सरकारका यी यावत हर्कतहरुले देशलाई कम्युनिस्टले कुन दिशामा लैजाँदै छ भन्ने कुराहरुको प्रमाण छोडि रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ३० २०७७०८:२१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend