सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कम्युनिस्ट सरकारको यस्तो हर्कत, गोप्य पत्र पठाएर पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न उर्दी

कम्युनिस्ट सरकारको यस्तो हर्कत, गोप्य पत्र पठाएर पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न उर्दी

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 8.9K
    SHARES

  • कम्युनिस्ट सरकारको यस्तो हर्कत, गोप्य पत्र पठाएर पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्न उर्दी

    काठमाडौं– कम्युनिस्ट सरकारले अर्को रमिता देखाएको छ। रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ ।

    मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।

    चार दिन अघि सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न भनिएको छ ।

    अनुसन्धानमा प्रहरी गम्भिर नभएको आरोप लागिरहेका बेला गृहको सर्कुलर सार्वजनिक भएपछि नागरिक आक्रोश बढेको छ ।

    यस्तो छ पत्र 

    circular-of-home-ministry.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ३० २०७७०८:२१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend