रौतहट- रौतहटमा हनुमान मन्दिरका पुजारी श्रीराम साहको १३ औंपुण्यतिथिमा भव्य हनुमान मन्दिर शिलान्यास गरिएको छ ।
जिल्लाको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको केही दिनअघि गोली हानी हत्या भएको थियो ।
त्यागी एवं निष्ठावान पुजारी श्रीराम साहको सपनालाई अगाडि बढाउन र उनको योगदानलाई स्थापित गर्न मन्दिरको निमार्ण गरिन लागेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ अध्यक्ष एवं सांसद प्रभु साहको पहलमा मौलापुरनगरपालिकाका मेयर रीना कुमारी र माधवनारायण नगरपालिकाको उपमेयर सिमल साहले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा नेकपाका नेता एवं विधायक प्रत्याशी उपेन्द्र साह, प्रदेश कमिटी सदस्य त्रिभुवन साह, देवाहीगोनाहीको उपमेयर सुनैना पटेल लगायत जनप्रतिनिधि, नेता एवं पुजारी श्रीराम साहको परिवारका सदस्यहरूको विशेष उपस्थिती रहेको थियो ।
उनको सम्मानमा साधु(सन्तहरूले भण्डाराको आयोजना गरेकाछन, भने रौतहटको प्रमुखजिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखहरूले उक्त स्थानको निरीक्षण गरि त्यहा प्रहरी चौकी राख्ने प्रतिवद्धता गरेका छन् ।
१३औंपुण्यतिथिको अवसरमा पुजारी श्रीरामप्रति उच्च सम्मान सहित भावपूर्ण)श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।