आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

१५ दिनका लागि आवश्यक खाद्यान्न जोहो गर्न आग्रह, काठमाडौं उपत्यकामा कर्फ्यु !

१५ दिनका लागि आवश्यक खाद्यान्न जोहो गर्न आग्रह, काठमाडौं उपत्यकामा कर्फ्यु !

  • मिडिया डबली
  • बुधवार, भाद्र १७ २०७७

  • 52.5K
    SHARES

  • १५ दिनका लागि आवश्यक खाद्यान्न जोहो गर्न आग्रह, काठमाडौं उपत्यकामा कर्फ्यु !
    फाइल तस्वीर

    काठमाडौं - काठमाडौँ उपत्यकाका नगरपालिकाका मेयरहरूले १५ दिन कर्फ्यु लगाउन माग गरेका छन् ।

    कोरोना संक्रमण फैलिएकाले दुई साता कफ्र्यु आदेश जारी गरी निषेधाज्ञा कडा बनाउनुपर्ने मेयर फोरमको सुझाव छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए ।

    उनले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोक्न संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यु नै सबैभन्दा उत्तम विकल्प भएको जानकारी दिएका हुन् ।

    कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने भन्दै उनले खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको बताएका हुन् ।

    विपन्न वर्गहरुलाई उनले आफु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने बताएका छन् । काठमाडौँ उपत्यकामा भदौ तीन गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको आज (बुधबार) मध्यरात देखि सकिदै छ ।

    उपत्यकाका तीनवटै जिल्लाका सिडिओले आज गृह मन्त्रालयलाई नै जिम्मेवारी सुम्पिँदैछन् । बुधबार बेलुकासम्म गृह मन्त्रालयले निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ । सम्भवतः एक हप्ता निषेधाज्ञा थप हुने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०१:०३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend