बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पर्सामा एकाविहानै २० जनामा कोरोना संक्रमण, अवस्था भयानाक 

पर्सामा एकाविहानै २० जनामा कोरोना संक्रमण, अवस्था भयानाक 

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 4.1K
    SHARES

  • पर्सामा एकाविहानै २० जनामा कोरोना संक्रमण, अवस्था भयानाक 

    वीरगञ्ज–वीरगञ्जमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भदौ १५ गते ४ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो ।

    जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको विवरण अनुसार पीसीआर पोजेटिभ १८ जनामध्ये १८ जना पर्साका र २ जना बाराका छन् ।

    पछिल्लो पटक १८ जना संक्रमित थपिएसँगै पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ । यसअघि पर्सामा ४ सय ९० जना महिलासहित २ हजार १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    सोमबारका २१ जनासहित हालसम्म पर्सामा ७ सय ५ जना कोरोनामुक्त भइसकेका छन् । अस्थायी कोभिड अस्पतालमा ३१ जना महिलासहित १ सय ६ जना कोरोना संक्रमितको उपचार जारी छ । जसमध्ये २७ जना आइसियूमा छन् । २ सय २३ जना महिलासहित १ हजार १ जना होम आइसोलेसनमा छन् । कोभिड–१९ का कारण पर्सामा मात्रै ३८ जनाको मृत्यु भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३ २०७७०७:०८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend