आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर ८९९ जनामा कोरोना भाइरस संक्रमण, कहाँ कति थपिए ?

देशभर ८९९ जनामा कोरोना भाइरस संक्रमण, कहाँ कति थपिए ?

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 5.2K
    SHARES

  • देशभर  ८९९ जनामा कोरोना भाइरस संक्रमण, कहाँ कति थपिए ?

    काठमाडौं– पछिल्लो २४ घण्टामा ३०३ महिलासहित ८९९ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    सोमबार मुलुकका ४६ जिल्लामा कोरोना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार संक्रमित थप हुने पुरुष ५९६ जना छन्।

    झापामा पाँच जना कोरोना संक्रमित थपिएका छन्। यस्तै खोटाङमा एक, मोरङमा १९, ओखलढुंगामा एक जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार संखुवासभामा नौ र सुनसरीमा २५ जना संक्रमित थपिएका छन्। प्रदेश २ का आठै जिल्लामा संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

    मन्त्रालयका अनुसार सप्तरीमा २३, सिरहामा पाँच, धनुषामा ३१ जना संक्रमित थपिएका छन्। सोमबार महोत्तरीमा ६, सर्लाहीमा १०३, बारामा २३, पर्सौमा ३४, रौतहटमा एक जना संक्रमित थपिएका छन्।

    सिन्धुलीमा आज थप सात जनामा कोरोना भाइरस संक्रमण भएको छ भने रामेछाप र दोलखामा दुई दुई जना थपिएका छन्। भक्तपुरमा ४१, काठमाडौंमा १९० र ललितपुरमा ६७ जना संक्रमित थपिएका छन्।

    धादिङमा एक, काभ्रेमा १३ र सिन्धुपाल्चोकमा एक जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार चितवनमा ७१ र मकवानपुरमा ४२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

    बाग्लुङमा चार, गोरखामा १३, कास्कीमा तीन, लमजुङमा दुई, पूर्वी नवलपरासीमा चार जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यस्तै तनहुँमा २६, कपिलवस्तुमा एक, पश्चिम नवलपरासीमा तीन, रुपन्देहीमा ११ र अर्घाखाँचीमा दुई जना संक्रमित थपिएका छन्। पाल्पामा एक, बाँकेमा १४ र बर्दियामा थप दुई जनामा कोरोना संक्रमण भएको छ।

    जुम्लामा एक र सुर्खेतमा ३८ जना थपिएका छन्। कैलालीमा १६, अछाममा २३, डोटीमा एक, बझाङमा एक, कञ्चनपुरमा सात र बैतडीमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend