काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको भाउ केही बढेको छ। छापावाल सुन हिजोको तुलनामा आज तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९७ हजार ५०० रुपैयाँ कायम गरेको छ।
यस्तै तेजाबी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ। हिजो आइतबार ९६ हजार ७०० रुपैयाँ प्रतितोला थियो।
यसैगरी चाँदीको भाउ आज प्रतितोला २५ रुपैयाँले बढेको छ। हिजो आइतबार १३४० रुपैयाँमा स्थिर रहेको चाँदी आज तोलाको १३६५ पुगेको महासंघले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।