काठमाडौँ- निरन्तरत बढ्दै गएको सुनको भाउमा अहिले भने गिरावट आएको छ ।
मंगलवार छापावाल सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार छापावाल सुन प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाल सुनमा प्रति तोला ७ सय रुपैयाँको गिरावट आएको हो ।
यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।
मंगलवार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।