काठमाडौँ- सोमबार बिहान नै चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुरका ७८ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि ती पुरुषको कोरोना परिक्षण गर्दा भदौ २ गते रिपोर्ट पोजेटिभ आएको थियो। आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको । सोमबार कोरोना स।क्रमणबाट थप एक जनाको मृत्यु भएसँगै चितवनमा संख्या ६ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।