सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार कोरोना संक्रमणका कारण ४५ मिनेटको फरकमा आमाछोराको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेहरू धरान–१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय सौतेनी छोरा हुन् ।
छोराको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा र आमाको साढे ८ बजे मृत्यु भएको हो ।
उनीहरूलाई भदौ १३ गते बेलुकी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
उनीहरूको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएको हो । प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ जसमध्ये ५ जना धरानका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।