कैलाली- जिल्ला प्रशाशन कार्यालय कैलालीले १४ गते १२ सम्मका लागि गरेको लकडाउन बढाएर १९ गते मध्यरातसम्मका लागि तय गरेको छ ।
कोभिड–१९ को संक्रमण दर बढेको भन्दै कैलालीमा लकडाउनको अवधि बढाइएको हो ।
जिल्ला सुरक्षा समितीको बैठेकले दिएको सुझाबको आधारमा आज प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले १९ गते मध्यराति १२ बजेसम्मका लागि लकडाउनको निर्णय लिएका हुन् । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सु्विधहरुमाथि बन्देज लगाइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।