आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर ९२७ जनामा कोरोना पुष्टि, कहाँ - कहाँ कति थपिए [ जिल्लागत विवरण ]

देशभर ९२७ जनामा कोरोना पुष्टि, कहाँ - कहाँ कति थपिए [ जिल्लागत विवरण ]

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १२ २०७७

  • 5.4K
    SHARES

  • देशभर ९२७ जनामा कोरोना पुष्टि,  कहाँ - कहाँ कति थपिए  [ जिल्लागत विवरण ]

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ९२७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।

    मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जनामा कोरोना देखिएको बताए । ३३४ महिला र ५९३ पुरुष गरि ९२७ जनामा कोरोना देखिएको डा.गौतमले बताएका छन् ।

    काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना देखिएका उनले बताए । प्रवक्ता डा.गौतमले देशभरिबाट १६९ डिस्चार्ज संक्रमित निको भइ डिस्चार्ज भएको जानकारी दिएका छन् ।

    डा.गौतमले इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापाम १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा २, सुनसरीमा ४१, सोलुखुम्बुमा १, धनुषामा २२, पर्सामा १, बारामा ४, महोत्तरीमा १३, रौतहटमा २१, सप्तरीमा ७, सर्लाहीमा १३ र सिरहामा १२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको जानकारी दिए ।

    उनले काठमाडौंमा ३५०, काभ्रेमा १७, चितवनमा २६, धादिङ १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना संक्रमण भेटिएको बताए ।

    कास्कीमा १६, गोरखामा १, तनहुँमा ४, नवलपुरमा ११, लमजुङमा २, बागलुङमा १, अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा १, नवलपरासीमा २, बर्दियामा २, बाँकेमा ३६, रुपन्देहीमा ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

    जुम्लामा ६, दैलेखमा ११, सल्यानमा ३, कञ्चनपुरमा १, कैलालीमा ११, डोटीमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । सरकारले वीरगञ्जको नेश्नल मेडिकल कलेज, काठमाडौंको कान्तिपुर र जनमैत्री अस्पतालमा कोभिड–१९ अस्पतालमा सूचीकृत गरिएको डा.गौतमले बताएका छन् ।

    कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेका बेला सरकारले तीन वटा अस्पताललाई कोभिड–१९ अस्पताल घोषणा गरेर उपचार गर्ने जनाएको छ ।

    यो पनि पढ्नुहोस्

    २४ घण्टामा देशभर ९२७ जनामा कोरोना पुष्टि, कति पुग्याे संक्रमित संख्या

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend