आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाडौं उपत्यकामा फेरी थपियो निषेधाज्ञा, कहिले सम्म हुने छ कायम ?

काठमाडौं उपत्यकामा फेरी थपियो निषेधाज्ञा, कहिले सम्म हुने छ कायम ?

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 9.6K
    SHARES

  • काठमाडौं उपत्यकामा फेरी थपियो निषेधाज्ञा, कहिले सम्म हुने छ कायम ?
    फाइल तस्वीर

    काठमाडौं-  कोरोना भाइरसले देशमा आक्रान्त बनाएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय गरिएको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलपछि थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको हो । यस विषयमा आज बस्ने बैठकले औपचारिक निर्णय हुने भएको हो।

    उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो। सोहि सिफारिस बमोजिम प्रमुख जिल्ला अधिकारीहरुले थप ७ दिन निषेधाज्ञा थप्ने निर्णय लिएका छन्।

    यद्यपी यस विषयमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु आधिकारीक रुपमा बोलेका छैनन् । 'विज्ञप्ति नै सार्वजनिक हुन्छ, हामी त्यसकै तयारीमा छौ ।, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जानकारी दिए ।

    ७ दिन निषेधाज्ञा थपिएसँगै काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म अत्यावाश्यक बाहेकका सबै क्षेत्र ठप्प हुने भएका छन् । नाकामा अझ कडाइ गर्ने बैठकले निर्णय गरेको छ ।

    काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण ह्वात्तै बढेसँगै रोकथामका लागि भदौ ३ गते राति १२ बजेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३ २०७७०१:०३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend