काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
पार्टीको आन्तरिक विवाद समाधानका लागि भन्दै अध्यक्षद्वय ओली र प्रचण्डबीच पटक पटक छलफल भए पनि निकास निस्कन सकेको छैन । तर, पछिल्ला वार्तामा ओली र प्रचण्डले आ–आफ्ना निकट नेताहरुलाई पनि साक्षीका रुपमा राखेका छन् ।
बिहीबार वार्ता सकारात्मक भएको बताइएका बेला शुक्रबार बालुवाटारमा जारी ओली र प्रचण्डबीचको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी रहेका छन् ।
सरकार र पार्टीको कार्यशैली राम्रो नभएको भन्दै प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल समूहले माग गरेपछि नेकपको विवाद चरम उत्कर्षमा पुगेको छ । ओलीले राजीनामा नदिने अडान राख्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।