सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मंगलबारै भेटिएको थियो पत्रकार बानियाँको शव, अनुहार र टाउकोमा गम्भीर चोट

मंगलबारै भेटिएको थियो पत्रकार बानियाँको शव, अनुहार र टाउकोमा गम्भीर चोट

  • मिडिया डबली
  • बुधवार, श्रावण २८ २०७७

  • 24.0K
    SHARES

  • मंगलबारै भेटिएको थियो पत्रकार बानियाँको शव, अनुहार र टाउकोमा गम्भीर चोट

     काठमाडौं– कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार बलराम बनियाँको शव मंगलबार नै भेटिएको खुलेको छ। उनको बुधबार मात्रै सनाखत भएको छ।

    उनको शव अहिले हेटौंडामा पोष्टमार्टमका लागि लगिएको छ। उनको शवमा धेरै चोटहरु रहेका छन्। वानियाँको अनुहारमा धारिलो हतियारले काटेको जस्तो देखिने चोटहरु रहेका छन्। उनको अनुहार सुन्निएको देखिएको छ। आँखामा सुन्निएको छ।

    नीलो डाम सहितका चोटहरु अनुहारमा धेरै देखिएको छ। वानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको थियो। हाइड्रोको ड्याममा पानीको सतह घटेपछि उनको शब देखिएको हो।

    वग्दै आएको उनको शरीर ड्याम क्षेत्रका डण्डीहरुमा ठोक्किएर धेरै चोट लागेको अनुमान प्रहरीको छ। वानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए।

    उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेका थिए। महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए।

    तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन्। त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन। वानियाँ एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए।

    उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १२ २०७७०९:४९:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend