आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

'मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ'

'मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ'

  • एजेन्सी
  • बुधवार, श्रावण २८ २०७७

  • 6.2K
    SHARES

  • 'मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ'

    पाकिस्तानी राजनीतिक दल जमइत उलेमा-ई-इस्लामका प्रमुखसमेत रहेका मउलाना फजलुर रहमानले सरकराले जनताको समस्यामा ध्यान नदिएको बताएका छन् । 

    उनले जनता एक छाक खाना नपाएर मर्नुपर्ने स्थिति बनेको भए पनि सरकार भने जनताका समस्या समाधान गर्नुको साटो विपक्षी दलको चरित्र हत्यामा व्यस्त रहेको बताएका छन् । 

    "विश्वव्यापी एजेन्डाको एक हिस्साका रूपमा पाकिस्तानमा रहेका "छानिएका शासकहरू" आफ्नो [अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै आईएमएफ-विश्व बैंक] उद्देश्यहरू पूरा गर्न व्यस्त छन्, उनले भने, "जबकि शेखुल हिन्दको आध्यात्मिक उत्तराधिकारीहरूले भने उनीहरूको एजेन्डा विफल पार्न संघर्ष गरिरहेका छन् ।"

    डेरा इस्माइल खानमा जेयूआई प्रान्तीय कार्यसमितिलाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् । 

    उनले राजनीतिक नेताहरू कोरोनाको पछाडि लुक्न नहुने भन्दै मानिसहरू खाना नपाएको बताए ।

    उनले मदरसा सुधारको आडमा कुनै पनि गलत मनासयले गरिएको परिवर्तन स्वीकार्य नहुने र मदरसाको स्वतन्त्रतालाई कसैले रोक्न नसक्ने पनि जोड दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend