काठमाडौँ- पाकि्तानो सिन्ध प्रान्तमा पछिल्लो पाँच वर्षमा ३८५ बालबालिकामाथि दुर्व्यवहार भएका घटना दर्ता भएका छन् ।
जसमा २५२ बालक र १०६ बालिकामाथि दुर्व्यवहार भएको छ । सन् २०१४ देखि सन् २०१९ सम्म उक्त प्रान्तमा मात्रै यति धेरै घटनाहरु दर्ता भएका छन् ।
त्यसैगरी दर्ता नभएका घटनाहरु योभन्दा धेरै भएको हुनसक्ने प्रहरीले जनाएको छ । सिन्धमा प्रहरीले गरेको पछिल्लो अध्ययनका क्रममा १-५ र १६-१८ वर्ष उमेरका किशोरीहरु बढी जोखिममा भएको बताइएको छ ।
त्यसैगरी ६-१० र ११-१ वर्षका बालकहरुसमेत बढी जोखिममा भएको बताइएको छ । प्रहरीका अनुसार प्रहरीले ३४९ घटना दर्ता गरेका छन् भने उक्त घटनामा संलग्न भएको आरोपमा ४०८ जनालाई नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी २५७ जनामाथि कारबाही सुरु गरिएको ७० मुद्दाहरु खारेज गरिएको र १७ वटा घटनाको अनुसन्धान नै सुरु नभएको बताइएको छ । सबैभन्द बढी कराची प्रभावित भएको बताइएको छ ।
जसमा दुर्व्यवहारमा परेकामध्ये ११६ बालबालिकाहरु कराँचीका रहेको बताइएको छ । जसमा ९६ बालक र २० बालिका भएको बताइएको छ । जसमा ८६ जनालई प्रहरीले निन्यन्त्रणमा लिएको छ भने ६८ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।