आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चुनाव नजिकिएसँगै निर्वासनमा रहेका तिब्बतीहरु लोकतन्त्रको प्रयोग गर्दै

चुनाव नजिकिएसँगै निर्वासनमा रहेका तिब्बतीहरु लोकतन्त्रको प्रयोग गर्दै

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १६ २०७७

  • 5.0K
    SHARES

  • चुनाव नजिकिएसँगै निर्वासनमा रहेका तिब्बतीहरु लोकतन्त्रको प्रयोग गर्दै

    काठमाडौँ- निर्वासनमा रहेका तिब्बतीहरु नयाँ चुनावका लागि तयारी गरिरहेका छन् ।

    सन् २०११ पछि तेस्रो पटक हुन लागेको यस निर्वाचनबाट नयाँ नेता चयन गर्नका लागि भारतमा निर्वासनमा रहेको तिब्बती सरकारले यस्तो तयारी थालेका हुन् ।

    हाभर्डमा अध्ययन गरेका लाबसाङ साङ्गेले दुई वर्षको कार्यकाल नेतृत्व गरेका भने उनी सेन्ट्रल तिब्बत एड्‌मिनिस्ट्रेसनको रुपमा अवकाश लिँदैछन् ।

    उनको कार्यकाल सन् २०२१ को सुरुआतमा सकिने भएको छ । अहिलेसम्म कसैले पनि आगामी नेतृत्वका लागि उम्मेदवारी भने प्रस्तुत गरेका छैनन् ।

    निर्वासनमा रहेको तिब्बती संसदका सभामुद ग्यारी डोल्मा सम्भावित उम्मेदवारको रुपमा रहेको बताइएको छ । त्यसैगरी निर्वासित गृहमन्त्री द्रोङचुङ नोगदुप, अर्थमन्त्री लोब्‍साङ न्यादक, सामदोङ रिम्पोचे, आचार्य यसी फुनसोकलगायतका रहेको जनाइएको छ ।

    केही निर्वासनमा रहेका तिब्ती समुदायहरुले कोरोना भाइरसको सम्भावित प्रभावका बारेमा ध्यानाकर्षण गराएका छन् । भारत, युरोप, उत्तर अमेरिका र अन्य क्षेत्रमा भएका तिब्बतीहरुले कोरोना प्रतिबन्धका कारण भोटिङमा पर्नसक्ने प्रभावका बारेमा सचेतसमेत गराएका छन् ।

    "हामी आशावादी छौं कि विश्वभर रहेका तिब्तीयन डायसपोरामा समयमै आम निर्वाचन सम्पन्‍न हुनेछ," तिब्बती प्रमुख निर्वाचन आयुक्त वाङदेउ छिरिङ पेसुरले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ६ २०७९१०:११:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend