आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
डबली बिशेष

कांग्रेसका खतिवडाले फेरि गरे कम्युनिष्ट मुर्छा पर्ने कार्य, पलापुमा उमँग

कांग्रेसका खतिवडाले फेरि गरे कम्युनिष्ट मुर्छा पर्ने कार्य, पलापुमा उमँग

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 10.4K
    SHARES

  • कांग्रेसका खतिवडाले फेरि गरे कम्युनिष्ट  मुर्छा पर्ने कार्य, पलापुमा उमँग

    चम्पादेवी - ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको वडा नम्बर २, पलापुमा बिजुली पुगेको छ ।

    नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पलापुमा बिजुली बाल्ने कार्यको आइतबार उद्घाटन गरेका छन् ।

    खतिवडाले देशभरि बिजुली पुग्दा समेत ओखलढुंगाको पलापुका सर्वसाधारणले बिजुली बाल्न नपाउँदा आफूलाई असजिलो भइरहेको बताए ।

    उनले भने, ‘चम्पादेवी गाउँपालिका– २, पलापुका जनताले अब राष्ट्रिय प्रसारणको बिजुली बाल्न पाउनु हुनेछ ।’ जिल्लाको विकासमा सधै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका खतिवडाले भने, ‘विकास भनेको तेरो र मेरो हुँदैन । सक्नेले गर्ने हो । केही समय राजनीतिका कुरा छाडौँ ।

    विकास गर्ने कुरामा प्रतिस्पर्धा गरौँ ।’ नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले जिल्लाको विकासमा कांग्रेसको विशेष भूमिका रहेको बताए ।

    उनले कांग्रेस पराजित भएपनि ओखलढुंगाको विकासमा कहिल्यै पनि पछाडि नहट्ने बताए । कांग्रेस नेता नवराज केसी, वडाध्यक्षद्वय कुलबहादुर श्रेष्ठ, विष्णु पुलामी, कांग्रेस नेता प्रकाश दाहाललगायतको उपस्थितिमा बिजुलीको उद्घाटन गरिएको हो ।

    कांग्रेस नेता खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग चम्पादेवी गाउँपालिकाको वडा नम्बर २ मा राष्ट्रिय प्रसारणको बिजुली पुर्‍याउन आग्रह गरेका थिए ।

    खतिवडाको आग्रह र पहलमा घिसिङले नै पलापुमा बिजुलीको खम्बासहितको प्रसारण लाइन जोडिदिएका हुन् । प्रसारण लाइनका लागि स्थानीयस्तरमा कांग्रेस नेता नवराज केसीले विशेष योगदान पुर्‍याएको खतिवडाले बताए ।

    गाउँमा बिजुली आएपछि स्थानीयहरू खुसी भएका छन् । गाउँलेहरूले कांग्रेस नेता खतिवडा, सभापति सुनुवारसहितका व्यक्तिलाई फूलमालाले भव्य स्वागत गरेका थिए ।

    यो पनि पढ्नुहोस्

    कांग्रेस नेता खतिवडाले दिए ओखलढुंगाका बिरामीलाई उपचार गर्न १ लाख २३ हजार

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०८:०८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend