काठमाडौं– नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा (केतुके) मानेभञ्ज्याङ–४ का बिमारी जिमे तामाङलाई उपचारका लागि एक लाख तेईस हजार हस्तान्तरण गरेका छन्।
मंगलबार काठमाडौं छाउनी स्थित आर्मी अस्पताल पुगेर खतिवडाले सहयोग हस्तान्तरण गरेका हुन्। उक्त रकम खतिवडा, जुनु तामाङ लगायतले संकलन गरिएको हो। खतिवडा रातदिन ओखलढुंगामा जनताको सेवामा खटिरहेका छन् ।
उनले खानलाउन समस्या भएका, उपचार नपाएका बिरामीलगायतको सेवामा निरन्तर लागिरहेका छन् । भुकम्पदेखि, बाढीपहिरोका पिडित सम्ममा सहयोगका लागि तत्पर भएर पुगेका खतिवडा कोरोना संक्रमणको महामारीबाट जुध्न समेत स्वास्थ्य सामग्री लिएर गृह जिल्ला पुगेका थिए।
खतिवडाले व्यक्तिगत खर्चमा ४ लाख बराबरको स्वास्थ्य सामग्री उनले जिल्लामा आवश्यक परेका निकायलाई उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।