आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस नेता खतिवडाद्वारा अख्तियारको भण्डाफोर, 'सानालाई ऐन, ठूलालाई चैन' बन्द गरियोस्

कांग्रेस नेता खतिवडाद्वारा अख्तियारको भण्डाफोर, 'सानालाई ऐन, ठूलालाई चैन' बन्द गरियोस्

  • मिडिया डबली
  • शनिवार, भाद्र २७ २०७७

  • 9.2K
    SHARES

  • कांग्रेस नेता खतिवडाद्वारा अख्तियारको भण्डाफोर, 'सानालाई ऐन, ठूलालाई चैन' बन्द गरियोस्

    काठमाडौं- नेपाली कांग्रेसका युवा नेता एवं पूर्वसांसद रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गरेका छन् । नेता खतिवडाले ठूला र सत्तासँग जोडिएकाहरूलाई बचाउने अखडा बनेको बताउँदै अख्तियारको कार्यपद्यतीमाथि गम्भीर प्रश्न उठाएका हुन् ।

    भ्रष्टाचार रोक्न बनाइएको अख्तियार नै देशको सबैभन्दा ठूलो भ्रष्टाचारको अखडा बनेको उनकाे टिप्पणी छ । अख्तियारभित्रको भ्रष्टाचार रोक्नका लागि दलीय रुपमा गरिने नियुक्ति प्रक्रियालाई रोक्नुपर्ने खतिवडाले माग गरेका छन् ।

    उनले अख्तियारले ‘सानालाई ऐन, ठूलालाई चैन’को व्यवहार गरेको भन्दै चिन्ता जनाएका छन् । युवा नेता खतिवडाले शनिबार ट्वीट गर्दै सरकारमा बसेकाहरूले सत्ता र राजनीतिको आडमा अख्तियारबाट आफ्ना मान्छेलाई उन्मुक्ति दिने ठाउँ बनाएको बताए । उनले अख्तियार भ्रष्टाचारको थलो बनेको भन्दै आक्राश पोखेका छन् ।

    ‘अख्तियारमा नियुक्ति  कसैलाई  मुद्दा  चलाउने र डाम्ने कसैलाई तामेलिमा राख्ने  जस्तो  देखिन थलो भयो’, खतिवडाले भनेका छन्, ‘सत्तारुढ दलका नेताहरू सहभागी अरबौंका फाइल  तामेलीमा राख्ने । अन्य साना सय, हजार  लिनेलाई  मुद्दा ।’

    ‘अब अख्तियारमा भाग बण्डा नियुक्ति बन्द  गरौं’, कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘यो अर्को भ्रष्टाचारको केन्द्र बन्यो ।’
    अख्तियारले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको अरबौ घोटालाको फाइल तामेलिमा राखेको समाचार बाहिरिएपछि चौतर्फी रुपमा विरोध भइरहेको छ ।

    निगमको जग्गा प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले समेत अनुसन्धान गरेको थियो । त्यस बेला लेखाले जग्गा खरिदमा खोट देखिएपछि अख्तियारलाई छानविन गरेर कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो ।
    जग्गा खरिद प्रकरण घोटालाका कारण निगमका तत्कालीन महानिर्देशक गोपाल खड्कालाई हटाइएको थियो ।

    यसअघि, खख्तियारले बालुवाटारको सरकारी जग्गा प्रकरणमा नेकपाका नेताहरू माधवकुमार नेपाल, विष्णु पौडेललगायतलाई सफाइ दिएको थियो । विजयकुमार गच्छदारसहितकालाई मुद्धा लगाएको थियो ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको ७० करोड कमिशनको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्री पद गुमाएका थिए । अख्तियारले बास्कोटालाई पनि सफाइ दिने गरेर कार्य गरिरहेको समाचार बाहिर आएको छ ।

    अख्तियारको प्रमुख आयुक्ति नवीन घिमिरे छन् । उनी अबको केही दिनेभित्र अनिवार्य अवकास पाउँदै छन् । घिमिरले नेकपाका नेता र बालुवाटारबाट संरक्षण भएकाहरूलाई सफाइ दिएर बचाउने कार्य मात्रै गरेको आरोप छ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०८:०८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend