आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका खतिवडाद्वारा क्वारेन्टिनको अनुगमन, माहामारीको बेला पनि असुल्नेलाई नछाड्ने उद्घोष

कांग्रेसका खतिवडाद्वारा क्वारेन्टिनको अनुगमन, माहामारीको बेला पनि असुल्नेलाई नछाड्ने उद्घोष

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 4.8K
    SHARES

  • कांग्रेसका खतिवडाद्वारा क्वारेन्टिनको अनुगमन, माहामारीको बेला पनि असुल्नेलाई नछाड्ने उद्घोष

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङमा रहेको होल्डिङ सेन्टरको अनुगमन गर्नुका साथै क्वारेन्टिनमा बसेकाहरूको स्वास्थ्य अवस्थाको जानकारी दिएका छन् ।

    आइतबार खतिवडाले मानेभञ्ज्याङ गाउँपालिका– ७ स्थितमा रहेको हर्कपुर माविका होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूको स्वास्थ्यको जानकारी दिएका हुन् । सेन्टरमा विदेशबाट २९ जना रहेका छन् ।

    कांग्रेस नेता खतिवडाले क्वारेन्टिनमा बसेकाहरूलाई सान्त्वना दिँदै सुरक्षित रुपमा बस्न आग्रह गरेका थिए । ‘ओखलढुंगा मात्रै होइन देशभरिका क्वारेन्टिन वा होल्डिङ सेन्टिरहरू अन्तर्राष्ट्रिय मापदण्डका छैनन्’, उनले भने, ‘ओखलढुंगामा अन्यत्रको भन्दा केही राम्रो बनाउने प्रयासहरू भएका छन् । क्वारेन्टिनमा सुरक्षित साथ बस्नु होला ।’

    क्वारेन्टिनमा बसेकाहरूले आफूहरूलाई अपहेलित गरे जसरी ठूलाबडा भनिनेहरू कोही पनि भेट्न नआएको भन्दै खतिवडासँग खुसी साटेका थिए । खतिवडाले ३–४ मिटर परैबाट तोकिएको स्वास्थ्य मापदण्डमा रहेर क्वारेन्टिनमा बसेकाहरूसँग भलाकुसारी गरेका थिए ।

    क्वारेन्टिनमा बसेकाहरूले आफूहरूलाई भेट्न कोही पनि नआएको र अपहेलित जस्ता बनाएर राखेको भन्दै खतिवडासँग गुनासो गरेका थिए ।

    क्वारेन्टिनमा बसेकाहरूले ६ दिन भैसक्दा पनि आफूहरूको पीसीआर टेस्टका लागि नमूना संकलन नभएको गुनासो गरेका थिए ।

    काठमाडौंबाट ओखलढुंगा आउनलाई हरेक ब्यक्तिसंग गाडीहरूले ५५०० लिएको समेत दुखेसो उनीहरूले पोखेका छन् । खतिवडाले धेरै भाडा लिएर ठगी गर्ने सवारी साधनका बारेमा जानकारी दिए कारबाही गर्ने आश्वासन समेत दिएका छन् ।

    क्वारेन्टिनमा बसेकाहरूको गुनासो सुनेपछि कांग्रेस नेता खतिवडाले तुरुन्त ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर पठाउन आग्रह गरेका थिए ।

    जवाफमा ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीले नमूना संकलन गरेर विराटनगर पठाउने आश्वासन दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०८:०८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend