काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बेहोस भए या हुने अवस्था आएमात्रै अस्पताल आउन जनतालाई आग्रह गरेपछि चौतर्फी आलोचना भइरहेको छ।
यसैक्रममा नेपाली कांग्रेसका यूवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले पनि सरलाईलाई व्यंग्य गर्दै प्रश्न गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्,
‘बेहोस भएको बिमारी पो अस्पताल जानु रे ? अहिले त सरकारको पो होस गुमेछ अब सरकार कहाँ जान्छ ? सरकारले नै घुमाउरो पारामा कोरोना संक्रमितहरुलाई मृत्यू शैयामा जानुपर्छ भनेर भनेको होकि' भनेर प्रश्न पनि गरेका छन्।
‘यस्तो छ ओलि सरकारको जनता बचाउने अभियान,’ उनले लेखेका छन्, ‘सरकारमाथि भरपर्नु भनेको घुमाउरो पाराले मृत्यु शय्यामा जानुपर्छ भन्ने आसय हो कि ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।