काठमाडौँ- ओखलढुंगा सेवा समाज जापनले निरज कार्कीको संयोजकमा ओखलढुंगा मोलुङ ०२ लामीडाडाका भोजबहादुर दर्जी र गीता दर्जीकी छोरी सुनिता दर्जीलाई २ लाख ४० हजार आर्थिक सहयोग गरेको छ ।
जापानबाट पठाइएको उक्त सहयोग नेपाली काँग्रेसका पूर्व सांसद एवं युवा नेता रामहरि खतिवडाले हस्तान्तरण गरेका छन् । टिचिङ हस्पिटलमै गएर खतिवडाले सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग गर्दै निरज कार्कीले सम्पुर्ण सहयोगि साथिहरुलाई धन्यवाद दिँँदै बिरामी बहिनीको स्वास्थ लाभको कामना गरेका छन् । पीडित दर्जी परिवारमा ५ जना छोरी छन्, तीमध्ये दुई छोरीका दुवै मृगौला फेल भएको थियो।
आर्थिक अभावको कारणले एक छोरीको उपचार गर्न नपाएरै मृत्यु भएको छ । अर्की छोरी हाल टिचिङ्ग हस्पिटल महाराजगञ्जमा उपाचारत छन् । आर्थिक अभावको कारण उपचारका लागि हसयोग मागिएपछि उनलाई सहयोग गरिएको हो ।
उक्त रकम ओखलढुंगा सेवा समाज जापनले निरज कार्कीको संयोजकत्वमा सम्पूर्ण नेपालीहरुसँग सहयोग मागेर जम्मा गरेर पठाएको हो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।