आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सरकारको चरम लापरवाही भएपछी कांग्रेस नेता खतिवडाले गराए स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण

सरकारको चरम लापरवाही भएपछी कांग्रेस नेता खतिवडाले गराए स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण

  • मिडिया डबली
  • आइतवार, भाद्र २१ २०७७

  • 5.3K
    SHARES

  • सरकारको चरम लापरवाही भएपछी कांग्रेस नेता खतिवडाले गराए स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण

    ओखलढुंगा- ओखलढुंगा जिल्लामा स्वाब संकलन गरेर एक ठाँउबाट अर्काे ठाउँमा लैजाने गाडी नै नभएपछि नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरी खतिवडाले स्वास्थ्य मन्त्रालयको ध्यानाकषर्ण गराएका छन् ।

    जिल्लामा स्वाब ओसार पोसार गर्ने गाडी नभएपछि आइतबार अरुकै गाडीमा स्वाब संकलन गरेर पठाइएको थियो । सो गाडी अनियन्त्रित भएर एक बटुवालाई ठक्कर दिएपछि बटुवाको मृत्यु हुनपुगेको छ । नेता खतिवडाले मृत आत्माको चिर शान्तिको कामना गर्दै सरकारको गम्भिर कमजोरी रहेको खुलाएका छन् ।

    एउटा जिल्लामा स्वाब संकलन गर्ने गाडी समेत व्यवस्था नुहुँदा यस्तो दुर्घटना हुन पुगेको देखिन्छ । नेता खतिवडाले सरकारलाई तत्काल एक गाडीको व्यवस्था गर्न आग्रह गरेका छन् ।

    त्यस्तै उनले ओखलढुंगाको मनोभञ्ज्याङमा ४ प्रहरी र १ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आफुलगायत १ सय ८० जनाको स्वाब परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको समेत बताएका छन् ।


    यस्तो नेता खतिवडाले लेखेको फेसबुक स्टाटस:

    "मानेभञ्ज्याङमा ४ जना नेपाल प्रहरीका साथिहरु र १ जन(स्वास्थ्यकर्मी बहिनिमा कोरोना संक्रमण देखिएपछि । मानेभञ्ज्याङ ,सुनकोशी गाउँ(पालिकाको ४ जना र मेरो सहित गरी १८० जनाको स्वाब परिक्षणको लागि पठाएको सबैमा संक्रमण देखिएको छैन । तर यो जुन-जस्तो सुकै अवस्थामा फैलिन सक्ने सम्भावना भएकोले आवश्यक काम बाहेक घर-बाहिर हिडडुल नगर्न अनुरोध छ ।

    सबै तिर कोरोनाको कारण मानिसमा आतंक छ सरकार जुन रुपमा तयारी हुनु पर्ने हो देखिएको छैन । अचम्मको कुरा जनस्वस्थ कार्यालय ओखलढुङामा स्वाब कालेक्सन गर्ने र लाने गाडी नै रहेन छ ।

    आज अरुकै गाडीमा ओखलढुङाबाट ५० जनाको स्वाब लगेको गाडी अनियन्त्रितभै बटुवालाई ठक्कर दिएर मृत्‍यु भएको छ र चालक भाईलाई प्रहरीको नियन्त्रणमा छ । मृत आत्माको चिर शान्तिको कामना गर्दै स्वास्थ्य मन्त्रालयको बिशेष ध्यान आकर्षन गराउदछु मन्त्री र माननियाहरु चड्ने महंगो गाडी पर्दैन ठीक्कको एउटा गाडी तुरुन्त जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङालाई उपलब्ध होस् ।"

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०८:०८:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend