बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पद्या अर्यालको नजरमा ओली विपक्षी समुहले संसदमा रत्यौली खेल्यो !

पद्या अर्यालको नजरमा ओली विपक्षी समुहले संसदमा रत्यौली खेल्यो !

  • मिडिया डबली डेक्स
  • शनिवार, आषाढ २० २०७७

  • 7.6K
    SHARES

  • पद्या अर्यालको नजरमा ओली विपक्षी समुहले  संसदमा रत्यौली खेल्यो !

    काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले संसदलाई रत्यौली खेल्ने ठाँउ नभएको बताएकी छन् । तर, संसदमा रत्यौली खेल्ने चाही को रहेछन्, उनले भनेकी छैनन् ।

    नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन अकस्मात संसद अधिवेशन अन्त्य गरेको भन्दै नेकपा भित्र नै भइरहदा मन्त्री अर्यालले भने सुंसद बोलाउने र बन्द गर्ने काम सरकारको भएको बताएकी छन् । उनले अधिवेशन अन्त्य र सत्तारूढ नेकपाको जारी स्थायी समिति बैठकलाई जोड्न नमिल्ने समेत भनेकी छन् ।

    यद्यपी उनले संसदमा रत्यौली खेलिएको ठान्दै संसद रत्यौली खेल्ने ठाँउ नभएको भनेकी छन् । शनिबार आयोजित ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसमा उनले भनिन्, ‘बजेट ल्याउनु थियो। महामारीबीच पनि अधिवेशन बोलाउनुपर्‍यो, बोलायौं,’ मन्त्री अर्यालले भनिन्, ‘बजेट पास भयो। केही विधेयकहरू छलफल गर्नुपर्ने थिए सहमति जुटेन। बिजनेश थिएन। संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन। त्यसैले रत्यौली खेल्न संसद चाहिएन।’

    तर, स्थायी कमिटी बैठकमा नेकपाकै शिर्ष नेताहरुबीच फन्डा नमिल्दा संसद बन्द गरेको विषयमा नेकपा भित्र नै विवाद बढेको थियो । मन्त्री अर्यालको नजरमा संसदमा नेकपाकै ओली विपक्षी समुले रत्यौली खेलेको हो त ?

    असार १८ गते राष्ट्रपतिलाई सिफारिस गरेपछि संसद अधिवेशन त्यसै दिनबाट अन्त्य भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend