काठमाडौं - इनफ इज इनफ समूहका १२ जना बालुवाटारबाट पक्राउ परेका छन् । सतप्रतिशत पीसीआर परीक्षण पर्ने, सरकारले गरेका काम पारदर्शी हुनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले ‘मन्त्रीज्यू के छ खबर ? हामी पारदर्शिता, जवाफदेहिता चाहन्छौँ, सरकार राहतको पैसाले भेट भर्ने, जनता भोक भोकै मर्ने,’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका छन् ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । पाटनमा अनशनरत युवाको समर्थनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि प्रदर्शन गर्न इनफ इज इनफ समूहका थुप्रै अभियान्ता गएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।