काठमाडौं - राजनीतिक अस्थिरताले चरम रुप लिएको बेला फेरि अर्काे घटनाले नेकपामा खैलाबैला मच्चिएको छ । घटना के हो भने, निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको छ । दुई दिनअघि पार्टी दर्ताका लागि निवेदन परेको आयोगले जनाएको छ ।
झापा निवासी सन्ध्या तिवारी भन्ने व्यक्तिले एमाले नामको पार्टी दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।
एमाले नामको नयाँ पार्टी दर्ताका लागि निवेदन परेपछि नेकपा बैठकमा यसबारे छलफल भएको छ । बैठकको शुरूमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले दर्ताको विषयमा प्रश्न उठाएका छन् ।
बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कसले, किन दर्ता गर्न लागेको हो? भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसैले पार्टी दर्ताको निवेदन दिएको हुन सक्ने बताएका थिए।
तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर २०७५ साल जेठ ३ गते नेकपा बनेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।