आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सर्वदलीय बैठकमा राष्ट्रिय सहमति, सीमामा सेनालाई आवश्यक निर्णय लिने पूर्णअधिकार

सर्वदलीय बैठकमा राष्ट्रिय सहमति, सीमामा सेनालाई आवश्यक निर्णय लिने पूर्णअधिकार

  • मिडिया डबली
  • आइतवार, आषाढ ७ २०७७

  • 7.1K
    SHARES

  • सर्वदलीय बैठकमा राष्ट्रिय सहमति, सीमामा सेनालाई आवश्यक निर्णय लिने पूर्णअधिकार

    काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठकमा मुख्य आठ विषयहरु उठाएका छन् । चीनले भारतीय भूमिमा घुसेर आक्रमण गरेपछि त्यसप्रति राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री मोदीले सर्वदली बैठक बोलाएका थिए ।

    बैठकमा प्रधानमन्त्री मोदीले निम्‍न आठ बुँदा उठाएका छन् -

    क) पोस्ट नियन्त्रणमा कुनै घुसपैठ भएको छैन ।

    ख) सीमा रक्षाका क्रममा सर्वोच्च बलिदानी दिएका २० जना वीर सैनिकले शत्रुलाई ठूलो मूल्य चुकाउनुपर्‍यो र सदाका लागि पाठ सिकायो । वीर सैनिकहरुको बलिदानलाई बिर्सिने छैन ।

    ग) हाम्रो सेनाहरू सम्पूर्ण तवरमा तयारी अवस्थामा छन् र आवश्यक प्रतिरोधका लागस सक्षम छन् ।

    घ) सीमाको रक्षाका लागि सीमा रेखामा तैनाथ सेनालाई आवश्यक कारबाही सञ्‍चालनका लागि उचित कदम लिन पूर्णअधिकार दिइएको छ ।

    ङ) हामी शान्ति चाहन्छौं र कूटनीतिक प्रयास एकै साथ यस मुद्दालाई शान्तिमय पूर्णरुपमा समाधान गर्नका लागि छन् ।

    च) हाम्रो सार्वभौमिकता हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ र हामी विगत ५ वर्षमा सीमा पूर्वाधारको स्तरोन्‍नति र सुधार गर्ने प्रयासमा समर्पण गरेका छौं ।

    छ) सुदृढ पूर्वाधारको कारणले गर्दा हाम्रो सेनाले गस्तीलाई उच्चतम बनाउनुका साथै र चिनियाँ गतिविधिको जाँच गरिरहेको छ ।

    ज) भारतले कुनै पनि मुद्दामा बाह्य दबाबको सामना गर्न कहिले हार मानेको छैन र यस मुद्दामा पनि भारत हरेक परिस्थितिको सामना गर्न तयार छ ।

    माथि उल्लेखित बुँदाहरुमध्ये अधिकांश टिप्पणकारहरुले पहिलो बुँदालाई समातेर विभिन्‍न टिप्पणहरु गरिरहेका छन् । यद्पि यस बुँदालाई कुनै रुपमा अपब्याख्या नगर्न आग्रह गरिएको छ ।

    प्रधानमन्त्री मोदीले सर्वदलीय बैठकमा उठाएका बुँदालाई जिम्मेवार, वस्तुगत र राष्ट्रिय सहमति निर्माणका दृष्टिकोणले निकै सकारात्मक छन् र यसल राष्ट्रिय स्वार्थलाई झन बलियो बनाउनुका साथै विश्वव्यापी नेतृत्व क्षमतालाई थप बढावा दिने छ ।

    यस महामारीकारीका आर्थिक अनिश्‍चिता उत्पन्‍न हुनसक्‍ने भन्दै चिन्ता व्यक्त भइरहेकाबेला भएको राष्ट्रिय सहमतिले भारतको प्रगतिमा सकारात्मक भूमिका निर्वाह गर्नेछ । प्रधानमन्त्री मोदीले एकातिर कोरोना महामारी र अर्कोतिर सीमा समस्याका कारण राष्ट्र हित विपरीतका अभिव्यक्तिले मुलुकलाई फाइदा नगर्ने उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री मोदीको उदार र उदाहरणीय नेतृत्व क्षमताको कारण संयुक्त राष्ट्र संघीय शक्तिशाली अंग सुरक्षा परिषदको अस्थायी सदस्यमा दुई तिहाइभन्दा बढी बहुमतले निर्वाचित भएको छ । यसमा छिमेमी मुलुक नेपाल, पाकिस्तान र चीनले पनि भारतको पक्षमा मतदान गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७०५:२८:३२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend