आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

आफु नेतृत्वमा पार्टी पराजित भए राजिनामा दिने भन्दै गगनले गरे सभापति लड्ने घोषणा !

आफु नेतृत्वमा पार्टी पराजित भए राजिनामा दिने भन्दै गगनले गरे सभापति लड्ने घोषणा !

  • मिडिया डबली
  • बुधवार, श्रावण ७ २०७७

  • 61.3K
    SHARES

  • आफु नेतृत्वमा पार्टी पराजित भए  राजिनामा दिने भन्दै गगनले गरे  सभापति लड्ने घोषणा !

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् ।

    महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उनको भनाइ छ ।

    बुधबार बिहान एक रेडियोमा अन्तर्वार्ता दिँदै कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा पनि गरे ।

    ‘अहिलेकै पक्ष र विपक्षमा रहेको अवस्थालाई भत्काउने गरी समीकरण बनिरहेको छ, केही दिनपछि यसको रिजल्ट आउँछ,’ उनले भने ।

    उनले पार्टीमा परिवर्तनका लागि आफू सभापतिको जोखिम उठाउन पनि तयार रहेको बताए । ‘यो महाधिवेशनमा म सभापति लड्न पनि सक्छु । कसैलाई सघाउन पनि सक्छु,’ थापाले भने ।

    अघिल्लो महाधिवेशनमा महामन्त्री लड्दा आफूलाई उडाएको स्मरण गर्दै अहिले पनि सभापति लड्छु भन्दा सवैलाई त्यस्तै लाग्नु स्वाभाविक भएको पनि उनले बताए ।

    आफू पार्टी सभापति भएमा पार्टीका सबै संरचना फेर्ने उनले बताए । आमचुनावमा पार्टीले हार बेहोरेमा नैतिकताका आधारमा राजीनामा दिने व्यवस्था गर्ने उनको भनाइ छ ।

    ‘पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्छ, यसले नयाँ नेतृत्व आउन मद्दत गर्छ, यदि मेरो नेतृत्वमा २०७९ को आमचुनावमा पार्टी पराजित भए सभापतिबाट म राजीनामा दिन्छु, यसले अर्को सक्षम नेतृत्व आउन सहयोग पुग्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर १७ २०७७०५:४४:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend