काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज (मङ्गलबार) केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूका लागि उम्मेदवारी मनोनयन दर्ता गरिँदै छ।
नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारी मनोनयनपत्र दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय समय निर्धारण गरेको छ।
सार्वजनिक कार्यतालिकाअनुसार आज दिउँसो ४:३० बजे उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गरिनेछ। त्यसपछि दिउँसो ४:३० बजेदेखि ५:३० बजेसम्म उम्मेदवारविरुद्ध दाबी-विरोधका लागि समय तोकिएको छ भने ५:३० देखि ६:३० बजेसम्म परेका दाबी-विरोधमाथि जाँचबुझ गरिनेछ।
आवश्यक छानबिन तथा प्रक्रिया पूरा गरी आजै बेलुका ७ बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।