आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोटेकोशी बाढीका मृतकहरूको सद्गतिका लागि पशुपतिनाथमा अनुष्ठान

भोटेकोशी बाढीका मृतकहरूको सद्गतिका लागि पशुपतिनाथमा अनुष्ठान

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०८३

  • 384
    SHARES

  • भोटेकोशी बाढीका मृतकहरूको सद्गतिका लागि पशुपतिनाथमा अनुष्ठान

    काठमाडौँ - रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण दिवंगत व्यक्तिहरूको सद्गतिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा सामूहिक धार्मिक अनुष्ठान गरिएको छ।

    आज बिहान पशुपतिनाथ मन्दिरस्थित बागमती नदीको तटमा मृत आत्माहरूको शान्ति र चिरशान्तिको कामना गर्दै सामूहिक रूपमा सद्गति कर्म सम्पन्न गरिएको हो।

    बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यका साथ उक्त धार्मिक कार्यक्रमको आयोजना गरिएको थियो।

    अनुष्ठानका अवसरमा श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तनसहितका विशेष पूजाहरू गरिएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:०७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend