आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोटेकोशी बाढी: मृतकमध्ये ९७४ को शव फेला, चार हजार ५९९ अझै बेपत्ता

भोटेकोशी बाढी: मृतकमध्ये ९७४ को शव फेला, चार हजार ५९९ अझै बेपत्ता

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०८३

  • 645
    SHARES

  • भोटेकोशी बाढी: मृतकमध्ये ९७४ को शव फेला, चार हजार ५९९ अझै बेपत्ता

    काठमाडौं - भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यका क्रममा यो तथ्याङ्क सार्वजनिक भएको हो।

    प्रहरीका अनुसार विपद्मा परी हालसम्म ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेका छन्, जसमा नेपाल प्रहरीका २५ जना सुरक्षाकर्मीसमेत रहेका छन्। खोज तथा उद्धारका क्रममा फेला परेका शवहरूमध्ये हालसम्म ५१ वटा शव मात्रै प्रक्रिया पुर्‍याएर आफन्तलाई हस्तान्तरण गरिएको छ।

    अहिलेसम्म व्यवस्थापन गरिएका शवहरूको विवरणअनुसार ८८ जना महिला, १०९ जना पुरुष र २१६ जना पहिचान नखुलेका शवहरू रहेका छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य हाल पनि जारी राखिएको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २२ २०८३११:२९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend