आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बढेको नयाँ तलब र भत्ताका लागि यी चार सर्त अनिवार्य

बढेको नयाँ तलब र भत्ताका लागि यी चार सर्त अनिवार्य

  • मिडिया डबली
  • बिहिवार, भाद्र ४ २०८३

  • 534
    SHARES

  • बढेको नयाँ तलब र भत्ताका लागि यी चार सर्त अनिवार्य

    काठमाडौँ- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढेको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न चारवटा सर्त पूरा गरेर मात्र उपलब्ध गराउन निर्देशन दिएको छ।

    अर्थमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्रिपरिषद्को निर्णय बमोजिम सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम र समितिका कर्मचारीहरूका लागि नयाँ तलबमान निर्धारण गर्न भनेको छ।

    मन्त्रालयले अघि सार्काएका मुख्य सर्तहरूअनुसार हाल पाइरहेको प्रोत्साहनभत्ता नयाँ व्यवस्थामा कम हुने भएमा घटेको रकम बराबरको मात्र भत्ता दिइनेछ भने कार्यसम्पादन सूचकका आधारमा प्रोत्साहनभत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजानुपर्नेछ। त्यस्तै, निजामती सेवातर्फ लागू भएको नयाँ ग्रेडदर अनुसार कर्मचारीको हालको ग्रेड कम भएमा मात्र सोहीबराबर हुने गरी नयाँ ग्रेड निर्धारण गर्न भनिएको छ।

    अर्थ मन्त्रालयको पूर्वसहमति बिना थप आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै पनि प्रकारका भत्ता तथा सुविधा वृद्धि गर्न नपाइने र यसअघिका परिपत्रहरूको कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ४ २०८३११:१३:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend