काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्। सरकारका समसामयिक विषय तथा नियमित प्रशासनिक कार्यसूचीहरूमाथि छलफल गर्नका लागि उक्त बैठक आह्वान गरिएको हो।
प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि बैठक तय गरेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ।
बैठकमा मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल गरी आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू लिइने अपेक्षा गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।