आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरमा, बालेन्द्र शाह मेयर हुँदा ६८ करोड २ लाख बेरुजु कायम

सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरमा, बालेन्द्र शाह मेयर हुँदा ६८ करोड २ लाख बेरुजु कायम

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १३ २०८२

  • 2.7K
    SHARES

  • सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरमा, बालेन्द्र शाह मेयर हुँदा ६८ करोड २ लाख बेरुजु कायम

    काठमाडौं– देशभरका ६ महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम काठमाडौं महानगरपालिकामा देखिएको छ। मेयरका रूपमा बालेन्द्र शाह नेतृत्वमा रहेको अवधिमा आर्थिक अनुशासन र खर्च पारदर्शितामाथि गम्भीर प्रश्न उठ्ने गरी उच्च बेरुजु देखिएको हो।

    महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा काठमाडौं महानगरपालिकाको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँको लेखा परीक्षण गरिएकोमा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ। यो कुल परीक्षण रकमको २.४७ प्रतिशत हो, जुन ६ महानगरमध्ये सबैभन्दा बढी हो।

    बेरुजु खर्च पारदर्शिता, प्रक्रिया पालना र वित्तीय अनुशासनमा कमजोरीको संकेतका रूपमा लिइन्छ। यति ठूलो परिमाणको बेरुजु फर्छ्योट नगरी मेयर शाहले गत माघ ४ गते पदबाट राजीनामा दिएका थिए। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका छन्। उनी झापा–५ बाट केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

    अन्य महानगरपालिकाको तुलनामा काठमाडौंको बेरुजु उल्लेख्य रूपमा बढी देखिएको छ। प्रतिवेदनअनुसार पोखरा महानगरपालिकामा १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ।

    वीरगञ्ज महानगरपालिकामा २२ करोड ७५ लाख रुपैयाँ बेरुजु रहेको छ। यस्तै, भरतपुर महानगरपालिकाको बेरुजु १० करोड २ लाख रुपैयाँ र ललितपुर महानगरपालिकाको ५ करोड ५५ लाख रुपैयाँ देखिएको छ।

    प्रतिशत र रकम दुवै हिसाबले सबैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकामा देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण हुँदा २ करोड ८ लाख ५७ हजार रुपैयाँ (०.३२ प्रतिशत) मात्र बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ८ २०७९०९:०६:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend