आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

झापामा १ सय ७० जनाले त्यागे नेपालीले  नागरिकता

झापामा १ सय ७० जनाले त्यागे नेपालीले  नागरिकता

  • मिडिया डबली डेक्स
  • आइतवार, श्रावण १२ २०८२

  • 1.7K
    SHARES

  • झापामा १ सय ७० जनाले त्यागे नेपालीले  नागरिकता

    झापामा पछिल्लो दुई वर्षमा १ सय ७० जनाले नेपालीले  नागरिकता परित्याग  गरेका छन् । जिल्ला प्रशासन कार्यालय झापामार्फत गत आर्थिक वर्ष २०८०-०८१ मा १ सय ८ र आर्थिक वर्ष २०८१-८२ मा ६२ जना गरी १ सय ७० ले नेपालीले  नागरिकता परित्याग गरी गैर आवासीय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।  

     गैर आवासीय नागरिकता लिनका लागि नेपाली नागरिकता परित्याग गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुनी मान्यता रहेकाले  नेपालीहरूले बर्सेनि नागरिकता परित्याग गर्दै आइरहेका छन् ।  

    यसै गरी गत आर्थिक वर्ष  २०८१÷०८२ मा कार्यालयबाट वंशज २२ हजार ४० र वैवाहिक अङ्गीकृत ६ सय ७५ गरी २२ हजार ७ सय १५ वटा नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले बताउनुभयो  ।

    १ वर्षको अवधिमा जिल्ला प्रशासन  कार्यालयबाट २२ हजार चार सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएको  प्रसाईँले बताउनुभयो । १ वर्षको अवधिमा   २२ हजार ४ सय ३२ वटा राहदानी वितरण गरिएको र  ७ सय ८९ वटा नाबालक परिचयपत्र  समेत वितरण गरिएको छ । 

    १ वर्षमा जिल्ला प्रशासनबाट  संस्था दर्ता ७८, संस्था नवीकरण ७ सय २१, जातीय प्रमाणित ५ सय २९ र राष्ट्रिय परिचयपत्रका लागि एक लाख सात हजार ७२ जनाको लागि विवरण सङ्कलन गरेको जनाएको  छ । कार्यालयले हालसम्म तीन लाख ५५ हजार पाँच वटा राष्ट्रिय परिचय पत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईँले बताउनुभयो ।

    कार्यालयले प्रकोप पीडित १९ जना (पाँच जना मृतकसहित) लाई १ करोड १९ लाख ९० हजार रुपैयाँ राहत वितरण गरेको छ भने १ सय ९ वटा हतियार नवीकरण गरेको छ । अभद्र व्यवहार सम्बन्धी २७ वटा, सवारी ज्यान क्षतिपूर्तिसम्बन्धी १८ वटा र झुटा अफवाह सम्बन्धी एक वटा मुद्दा फर्स्यौट गरिएको कार्यालयले जनाएको छ । कार्यालयले सोही अवधिमा रू ११ करोड २१ लाख २८ हजार दुई सय २६ राजश्व सङ्कलन समेत  गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १२ २०८२०५:१०:१०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend