आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

दाउराको चिर्पटले हानेर श्रीमानले मारे श्रीमती

दाउराको चिर्पटले हानेर श्रीमानले मारे श्रीमती

  • मिडिया डबली डेक्स
  • आइतवार, श्रावण १२ २०८२

  • 762
    SHARES

  • दाउराको चिर्पटले हानेर श्रीमानले मारे  श्रीमती

    सुर्खेत ।  सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। 

    आज बिहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन्।

    ४२ वर्षीय ठाडाले आफ्नै श्रीमती ४१ वर्षीय रविना थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार हत्या लगत्तै ठाडामगगरले ठेगानासहित प्रहरीलाई नै फोन गरेर आफुलाई पक्राउ गर्न बोलाएका थिए।

    खबर पाउनासाथ घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताए। 

    यसअघि प्रहरीलाई फोन गर्नुपूर्व ठाडामगरले प्रहरीको नम्बर माग्न वडाध्यक्षलाई समेत फोन गरेका थिए। जानकारी पाउने बित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो।

    घटनाको कारण अझै खुलिनसकेकाले थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १२ २०८२१०:०३:१३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend