बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गण्डकी प्रदेशका पूर्व प्रमुख गुरुङको निधन

गण्डकी प्रदेशका पूर्व प्रमुख गुरुङको निधन

  • मिडिया डबली डेक्स
  • शनिवार, श्रावण ११ २०८२

  • 690
    SHARES

  • गण्डकी प्रदेशका पूर्व प्रमुख गुरुङको निधन

    नारायणगढ । गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहनुभएको गुरुङको शनिबार बिहान निधन भएको हो ।

    नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेशवर खनालले पूर्व प्रमुख गुरुङको उहाँकै निवास भरतपुरको दिब्यनगरमा निधन भएको जानकारी दिनुभयो ।

    तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मिनु भएको गुरुङलाई २०७८ साउन १२ गते  तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको थियो ।

    उहाँ नेपाली कांग्रेस विभाजन रहँदा कांग्रेस प्रजातान्त्रिकको सभापति, सुकुम्वासी समस्या आयोग नवल परासीको अध्यक्ष हुनुहुन्थ्यो ।

    गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गर्नुभएका हरिप्रसाद गुरुङका भान्जा हुनुहुन्छ ।

    गुरुङका छोरा हाल क्यानडा भएका कारण उहाँ फर्किएपछि अन्तिम संस्कार गरिने बताइएको छ । छोरा आइतबार बिहान नेपाल आइपुग्ने र त्यसपछि दिउँसो देवघाटमा दाहसस्कार गर्ने कार्यक्रम रहेको कांग्रेस नेता दलबहादुर गुरुङले जानकारी दिनुभयो ।गुरुङका श्रीमती र एक छोरा हुनुहुन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ११ २०८२१०:५५:१२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend