बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील छ : प्रधानमन्त्री ओली

  • मिडिया डबली डेक्स
  • बुधवार, श्रावण ८ २०८२

  • 1.1K
    SHARES

  • सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताउनुभएको छ।

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट गर्नुभयो। 

    संविधानले निर्देशन गरेबमोजिम सहिदहरू, बेपत्ता एवं द्वन्द्वपीडितको योगदान र बलिदानलाई सम्मान र कदर गर्ने विषयमा सरकार दृढ रहेको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियालाई यथासक्य छिटो टुङ्गोमा पुर्‍याउने लक्ष्यका साथ काम अघि बढिरहेको बताउनुभयो। 

    “पीडितलाई न्याय दिने विषयमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील छ। द्वन्द्वपीडितसँग हामी विभिन्न तहमा निरन्तर छलफलमै छौँ। शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषय सबैको उत्तिकै चासो र सरोकार भएको विषय हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को व्यवस्थाबमोजिम नै आयोगहरू गठन भई कार्य प्रारम्भ भएको छ। मलाई विश्वास छ, आगामी दिनमा आयोगका पदाधिकारीले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउनु हुनेछ।’’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ८ २०८२०४:२८:०२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend