काठमाडौं । दुई किलो सुन र २४ लाख रुपैयाँसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। उनिहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो ।
ठमेलको होटल जिउ डिङ युयान बीन गुआन होटलबाट पक्राउ परेका चीनको सियाचिनका ४६ वर्षीय तान चुनलिन र ३४ वर्षकी जोउ सुमेइ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।
चुनलिन डेढ महिना पहिले नेपाल आएको खुलेको छ भने सुमेइ भने केही दिन पहिले मात्रै नेपाल आएकी थिइन्। उनीहरू उक्त होटलमा सँगै बस्दै आएका थिए।
हाल घटनाबारे थप अनुसन्धानका भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।