बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एमालेको पोलिटब्यूरो बैठक आजपनि

एमालेको पोलिटब्यूरो बैठक आजपनि

  • मिडिया डबली डेक्स
  • शनिवार, श्रावण ४ २०८२

  • 624
    SHARES

  • एमालेको पोलिटब्यूरो बैठक आजपनि

    काठमाडौँ ।  नेकपा एमालेको पोलिटब्यूरो बैठक शनिबार पनि जारी रहने भएको छ। पार्टी कार्यालय च्यासलमा शुक्रबारदेखि जारी बैठक बिहान ११ बजेबाट शुुरु हुनेछ। शुक्रबार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

    विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले धारणा राखेका हुन्। आज अन्य सदस्यहरुले आ आफ्नो धारणा राख्नेछन् । बाँकी सदस्यहरुले बोल्ने क्रम सकिए शनिबार नै बैठक सम्पन्न हुने गौतमले बताए। 

    शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम र विधानका बारेमा बालेका थिए। अध्यक्ष ओलीले देशको राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउने कुरा गम्भीर भएकाले उचित समयमा निर्णय लिने बैठकलाई जानकारी गराएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ४ २०८२११:४५:४५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend