काठमडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा अहिले सचिवालय बैठक बसिरहेको छ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा आज विधान संशोधनको बहस औपचारिकरुपमा प्रवेश पाएको छ।
एमालेमा ७० वर्षे उमेरहद कायम रहने वा हट्ने, दुई कार्यकाल एउटा पदमा रहिसकेपछि तेस्रोपटक सोही पदमा उम्मेदवार हुन पाउने वा नपाउने प्रवधान मुख्य चासोको विषय बनेको छ।
साथै यही बेला वरिष्ठ उपाध्यक्ष पद हटाउने चर्चाले एमालेमा अर्को तरंग पैदा गरेको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल इतर समूह (विद्या भण्डारीको पक्ष)मा खुलेर लागेका बेला उक्त पद नै हटाउने चर्चा आएको हो।
यस सन्दर्भमा इतर पक्षीय भनेर चिनिँदै आएका नेताहरू सहमत देखिँदैनन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।