आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

काभा मेन्स च्याम्पियन्स लिग आजदेखि,पहिलो खेलमा नेपालको हेल्प नेपालले धिवेही सिफाइन्ससँग प्रतिस्पर्धा गर्ने

काभा मेन्स च्याम्पियन्स लिग आजदेखि,पहिलो खेलमा नेपालको हेल्प नेपालले धिवेही सिफाइन्ससँग प्रतिस्पर्धा गर्ने

  • मिडिया डबली डेक्स
  • बिहिवार, श्रावण २ २०८२

  • 1.8K
    SHARES

  • काभा मेन्स च्याम्पियन्स लिग आजदेखि,पहिलो खेलमा नेपालको हेल्प नेपालले  धिवेही सिफाइन्ससँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं । काभा मेन्स च्याम्पियन्स लिग भलिबल आज माल्दिभ्समा सुरु हुँदैछ। च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालको हेल्प नेपाल क्लबले आज घरेलु टोली धिवेही सिफाइन्ससँग प्रतिस्पर्धा गर्नेछ।

    नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ। प्रतियोगितामा काभा अन्तर्गतका ५ देशका लिग च्याम्पियन क्लबको सहभागिता छ भने आयोजक देशका २ क्लबले प्रतिनिधित्व गर्ने नियम छ।

    काभामा काजकिस्तान, किर्गिस्तान, श्रीलंका, नेपाल र माल्दिभ्सका क्लबको सहभागिता छ। नेपालमा गत वर्ष भएको यो च्याम्पियनसिपको पहिलो संस्करणमा हेल्प नेपाल फाइनलमा पराजित भएको थियो। यो पटक भने हेल्प नेपाल उपाधि जित्ने लक्ष्यसहित सहभागी भएको छ।

    यसका लागि विदेशी खेलाडीहरु समेटेर टोली बनाइएको छ। उज्वेकिस्तानको क्लबले भने अन्तिम समयमा नाम फिर्ता लिएको थियो।

    यो प्रतियोगिताको सन् २०२६ को एसियन क्लब च्याम्पियनसिपको छनोट पनि हो। विजेता टोलीले एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ। साउन ७ गतेसम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २ २०८२०९:५२:५२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend