बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एमालेले डाक्यो सचिवालय बैठक

एमालेले डाक्यो सचिवालय बैठक

  • मिडिया डबली डेक्स
  • बुधवार, श्रावण १ २०८२

  • 1.0K
    SHARES

  • एमालेले डाक्यो सचिवालय बैठक

    काठमाडौं ।  नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक भोलि  दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

    उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो।

    एमालेको  आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

    यो बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन्। राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ।

    विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र अध्यक्षका लागि कार्यकालको प्रावधान नराखी मौजुदा विधानमा जे व्यवस्था छ त्यही लैजाने तयारी भइरहेको छ।

    नवौं महाधिवेशनपछि एमालेमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद लागू गरिएको थियो। २०७८ को दसौं महाधिवेशनपछि पनि पालिका तहका कमिटीदेखि माथि कार्यकारी कमिटीमा ७० वर्षे उमेरहदकै प्रबन्ध गरिएको थियो।

     तर, २०८० जेठमा बसेको सचिवालय बैठकले एकीकृत समाजवादीमा गएका मुकुन्द न्यौपाने लगायतलाई पार्टीमा फर्काउन उक्त प्रावधान स्थगित गरिएकामा त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १ २०८२०१:०७:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend