काठमाण्डौ । गएराति देशभर हल्कादेखि मध्यम वर्षा भए पनि दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्नेछ । तर कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै राति पनि धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।